प्रदेश सरकार गठन कार्यविधिबारे एमाले-नेकपा सहमति सार्वजनिक

गोर्खा ड्रिम

Editor
10 days-ago August 11, 2026

काठमाडौं-
प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीन बुँदे सहमति कार्यान्वयन सम्वन्धमा एमाले र नेकपा  दुई दलले सम्वद्ध तहलाई निर्देशन गर्न ५ बुँदे सहमति सार्वजनिक गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा ५ बुँदे सहमति सार्वजनिक गर्दै मातहत तहलाई निर्देशन दिएका छन् ।

मंगलबार.जारी निर्देशनको पहिलो बुँदामा प्रदेश सरकार गठन गर्दा प्रदेशसभामा दलको सिट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ ।

त्यस्तै दोश्रो बुादामा मन्त्रालय बाँडफाँट गर्दा प्रदेश सभा सदस्य संख्याको अनुपातमा हुने र मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिने निर्देशनमा भनिएको छ।

क्रमशः मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने, पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने, त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्ने र सोही क्रमलाई दोहो¥याउँदै मन्त्रालयको बाँडफाँट गर्ने निर्देशनमा उल्लेख छ ।

ै एमाले र नेकपाको सहकार्यले पनि संख्या नपुगे तेस्रो दललाई पनि सहभागी गराएर आपसी समझदारीमा मन्त्रालयमा बाँडफाँट गर्ने सहमति भएको जारी पत्रमा भनिएको छ।

ताजा समाचार

View All →