संसदमा एमालेले लगायो सरकारविरुद्ध मुर्दावादको नारा

गोर्खा ड्रिम

Editor
22 days-ago July 10, 2026

काठमाडौं-
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर शुक्रवार प्रतिनिधि सभाको बैठकमा विपक्षी साँसदहरुले सरकारविरुद्ध मुर्दावादको नारा लगाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका हुन् । उनले नारा लगाउँदा एमाले साँसदहरुले साथ दिए । साँसद महरले मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँबाट पु¥याएको आरोप लगाए । उनले वीर अस्पतालमा नेपालीको परिवारको बिचल्ली भएकोप्रति सरकारको ध्यानाकर्षण पनि गराए ।
नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले गणेश नेपालीको आत्मदाह देशमा युवाको निराशाजनक परिस्थितिको अभिव्यक्ति भएको बताए ।् उनले मौन धारण गरेर विरोध जनाए । शून्य समयमा आफूले पाएको समयमा उठेर उनले मौन धारण गरिरहे।
मुगुका कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद चलाएको आरोप लगाएका छन् । शुक्रवारको संसद बैठकमा उनले घटनालगत्तै प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र आफू वीर अस्पताल पुग्दा चिकित्सकहरूले ९५ प्रतिशत बाँच्ने सम्भावना नरहेकोबारे आफूहरूलाई जानकारी गराए पनि सरकारले गुमराहमा राख्ने प्रयास गरेको बताए ।

गृहमन्त्री सुधन गुरुङले घटनासम्बन्धी जानकारी पाएपछि पनि सत्य कुरा नगरी स्टन्टबाजी गरेको बताएका छन् । साथै, सांसद शाहीले गृहमन्त्रीले अस्पतालदेखि विमानस्थलसम्म प्रहरी परिचालन समेत गराएकोमा आपत्ति जनाएका थिए ।

ताजा समाचार

View All →