प्रतिनिधिसभामा सेवा दल विधेयक पेश,अब विद्यार्थीलाई पनि सैन्य तालिम

गोर्खा ड्रिम

Editor
23 days-ago July 9, 2026

काठमाडौँ-
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक पेश गरेकी छन् ।
मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताइन । त्यसअघि मन्त्री गौतमले विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेकी थिइन । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावमा विरोधको सूचना प्राप्त हुन नआएको भन्दै विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए । सरकारले यही असार १६ गते सङ्घीय संसद् सचिवालयमा उक्त विधेयक दर्ता गराएको थियो ।

ताजा समाचार

View All →