काठमाडौं-
प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।
सामुहिक कुटनीति अंगाल्न खोजेका प्रधानमन्त्री शाहले पूर्ववत् नीति परिमार्जन गर्दै दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन ।
प्रधानमन्त्री शाहले भारतीय र चीनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि मंगलबार उनले अमेरिकी राजदूतसंग भेट्नेछन् ।
त्यस क्रममा भारतीय राजदूत नवीन श्रीवास्तवसँग अहिले बिहान ११ बजे भेट्ने र त्यसलगत्तै प्रधानमन्त्रीले चीनियाँ राजदूत झाँग माओमिंगलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्ने परराष्ट्रले जनाएको छ ।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए ।
गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए । यद्यपि, दुई छिमेकीसहित अमेरिकाले परम्परागत रुपमा नेपालका प्रधानमन्त्रीसंग एक्ला एक्लै छलफल गर्न पाउनु पर्ने आसय व्यक्त गरेको बताइन्छ ।