बढ्दो असमझदारीबीच रबि-बालेन भेट

गोर्खा ड्रिम

Editor
11 days-ago August 10, 2026

काठमाडौं-

दूरी बढेको भनिएका बेला सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसंग भेटघाट गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच पछिल्ला असमझदारी तथा सरकार र पार्टीका विषयमा करिब ५० मिनेट छलफल भएको उनको सचिवालयले जनाएको छ । सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
पछिल्लो दिनमा सभापति लामिछाने निकट सांसदहरूले संसदमा प्रधानमन्त्री शाह तथा सरकारको चर्को आलोचना गरिरहेका छन् भने प्रधानमन्त्रीको पक्षले सभापति लामिछाने र उनको टिमले सरकारलाई असहयोग गरिरहेको आरोप लगाएको छ । हिजोमात्र सभापति लामिछानेले नै सरकारले गडबडी गरे कानमा समातेर ट्रयाकमा ल्याउने अभिव्यक्ति दिएपछि समस्या थप बढेको अनुभूति गरिएको थियो , यसअघि
गत शुक्रबार राति प्रधानमन्त्री बालेनले फेसबुकमा ‘एक्लिएको’ संकेत गरेका थिए।

ताजा समाचार

View All →