काठमाडौं-
राजनीतिक स्तरमा नेपाल र भारतबीच सम्वन्ध अपेक्षाकृत सुधार नभैरहेका बेला भारतीय सेनाका स्थल सेनाध्यक्ष धीरज सेठ ४ दिने नेपाल भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सोमबार काठमाडौं आएका उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्नुका साथै प्रधानमन्त्री वालेन्दै शाह तथा समकक्षी अशोक सिग्देलसंग द्धिपक्षीय परामर्श गरे ।
उनले राष्ट्रपति भवन शीतल निवासमा एक भव्य समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट मानार्थ महारथीको पदवी लिएका हुन् । सन् १९५० को सन्धिपछि नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्का देशको मानार्थ प्रधानसेनापतिका रुपमा सम्मान गर्ने गरिएको छ । यो विशिष्ट परम्पराले दुई देशका सेनाबीचमात्र नभै राजनीतिसहित दुई देशका तमाम सम्वन्धलाई सकारात्मक नतिजा दिँदै आएको मानिन्छ । खासगरी राजनीतिक रुपमा तनाव उत्पन्न हुँदा वा सम्वन्धमा समसया आउादा दुवैतिर सेनाले समन्वय एवँ सहजीकरण गर्ने गरेको थुप्रै उदाहरण रहेको विश्लेषकहरु बताउँछन् ।
अहिले पनि सीमा लगायत विभिन्न आपसी समस्या छन् । जसलाई सुल्झाउनु पर्नेछ । तर सुल्झिइरहेको छैन ।
जसका कारण प्रधानमन्त्री भएको चार महिना हुन लाग्दा पनि आएको निमन्त्रणालाई स्वीकार गरेर भारत भ्रमण गर्न प्रधानमन्त्री वालेन्द्र शाहले इच्छा देखाउन सकेका छैनन् । स्थल सेनाध्यक्ष धीरज सेठको काठमाडौं बसाईले कतिपय आपसी अन्योल चिर्ने र द्धिपक्षीय हित प्रवद्र्धन गर्ने दावी रक्षा मामिलाका जानकारहरु बताउँछन् । खासगरी गत वर्ष भदौ २३ र २४ को घटनापछि आन्तरिक मामिलामा पनि नेपाली सेना प्रभावी रहेको भनिएका बेला भारतीय सेनाध्यक्ष सेठको चार दिवसीय भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ ।
उनले राष्ट्रपति भवनको औपचारिक समारोहअघि समकक्षी सिग्देलसंग द्धिपक्षीय छलफल गरेका थिए । भ्रमणको दोश्रो दिन औपचारिक रुपमा प्रधानमन्त्री वालेन्द्र शाहसंग भेटवार्ता गरेका उनले अनौपचारिक रुपमा केही राजनीतिक भेट पनि गरेको सम्वद्ध श्रोतले जनाएको छ । त्यसले द्धिपक्षीय सम्वन्ध र हित प्रवद्र्धनमा सकारात्मक मद्धत पुर्याउने अपेक्षा पनि व्यक्त गरिएको छ ।
भ्रमणका क्रममा देशभरका भूतपूर्व सैनिकलाई म्त्यिाएर पोखरामा छलफल गरेका उनले नेपाली सेनालाई केही औषधि तथा उपकरण हस्तान्तरण गरे । आराध्यदेव पशुपतिनाथको दर्शन गरेका उनलेनेपाली सैनिक मुख्यालयमा वृक्षरोपण, वरिष्ठ सैनिक अधिकारहरुसंग भेटलगायतका विभिन्न कार्यक्रममा सहभागिता पनि जनाए ।