बालेन सरकारप्रति रवि लामिछानेको टिप्पणी,भन्छन्, ‘लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्छ’

गोर्खा ड्रिम

Editor
12 days-ago August 9, 2026

काठमाडौं-

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारप्रति टिप्पणी गर्दै लक्ष्य र वाचा अनुसार काम नगरे सरकारमाथि पार्टीले हस्तक्षेप गर्ने बताएका छन् ।

काठमाडौंमा नेपाली युवा उद्यमी मञ्चको २२ औं वार्षिक साधारण सभामा आज सभापति लामिछानेले सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गरे । उनले अहिल्यै असफल भैनसके पनि विभिन्न प्रश्नहरु भने उठेको बताए । सरकार लक्षित बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको उनले स्पष्ट पारे ।

सभापति लामिछानेले सरकार अहिले नै असफल भइनसकेको दोहोर्याउँदै त्यस्तो अवस्था आउन नदिनेमा आफूहरू सचेत रहेको बताए । सरकार सञ्चालनको प्रक्रियालाई हवाई उडानसँग तुलना गर्दै प्रधानमन्त्री बालेनसंग धेरै परीक्षण गरिरहने समय नभएको संकेत गरे । तर कहिलेकाहीँ जहाजलाई जस्तै सरकारलाई पनि प्राविधिक समस्या वा वाह्य कारणले उत्पन्न हुने ‘टर्बुलेन्स’ (अवरोध) ले प्रभावित पारे पनि त्यसबाट आत्तिइहाल्न भने नहुने उनले बताए ।
सभापति लामिछानेले आम नागरिकलाई ढुक्क रहन आग्रह गर्दै सरकारलाई सही ढङ्गले गन्तव्यमा पु¥याउने दायित्व प्रधानमन्त्रीको र आफ्नो भएको बताए ।

ताजा समाचार

View All →