खुर्कोट-
मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार बिहान बस र कार एक आपसमा ठोक्किँदा ४ यात्रुसहित कार सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ ।
काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बसले ठक्कर दिँदा कार सडकबाट करिब १ सय ५० मिटर तल सुनकोशी नदीमा खसेको हो ।
घटनास्थलमा प्रहरी टोली पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ ।
बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिएका छन् ।