काठमाडौं-
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले समुदायबीच वैमनस्यता बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न अपिल गरेका छन्।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका हुन् ।
‘यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु,’ उनले भने।
त्यस्तै उनले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने, सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको र यस्ता गतिविधिमाथि कडा कदम चालिने बताए।
उनले संयमता अपनाउँदै आपसी एकता भाइचारा कायम राख्न अनुरोध गरे।