कप्तानगञ्जमा सेना परिचालन

गोर्खा ड्रिम

Editor
5 days-ago July 27, 2026

इनरुवा-
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
कफ्र्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।
चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

ताजा समाचार

View All →