मल ल्याउँदै गर्दा भारतमा पक्राउ परेका नेपाली किसानको रिहाइका लागि काँग्रेसको आग्रह

गोर्खा ड्रिम

Editor
9 days-ago July 23, 2026

काठमाडौँ-
नेपाली काँग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

काँग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ ।

कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ । मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन काँग्रेसले अनुरोध गरेको छ ।

विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह गरिएको छ ।

ताजा समाचार

View All →