देशभर झण्डै ७४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

गोर्खा ड्रिम

Editor
11 days-ago July 21, 2026

काठमाडौं-
साउन पहिलो सातासम्म मुलुकको कूलयोग्य जमिनमध्ये झण्डै ७४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत्को कृषि विभागको पछिल्लो तथ्याङ्क अनुसार हिजोसम्म देशका सातै प्रदेशमा गरी ७३.६१ प्रतिशत भूभागमा धान खेती सम्पन्न भएको हो । विभागका अनुसार मुलुकको कुल १३ लाख ७३ हजार ६६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको छ ।
साउन महिना शुरु भएसँगै देशभर मनसुन थप सक्रिय भएकाले सिँचाइ सुविधा कम भएका क्षेत्रहरूमा पनि रोपाइँले पछिल्लो दिनमा तीव्र रुपमा गति लिइरहेको छ ।

सबैभन्दा धेरै धान रोपाई सुदूरपश्चिम प्रदेशमा भएको छ । जहाा ९०.६७ प्रतिशत भू भागमा रोपाइँ भएको छ । तयस्तै, दोश्रोमा लुम्बिनी प्रदेश छ जहाँ ८०.६५ प्रतिशत रोपाई सम्पन्न भएको छ । गण्डकी प्रदेशमा ७८.३६ प्रतिशत, बागमती प्रदेशमा ७७.३३ प्रतिशत, कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत, मधेश प्रदेशः ५७.९३ प्रतिशत र सबैभन्दा कम कोशी प्रदेशमा ५४.८६ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ ।
साउन तेश्रो सातासम्म बाँकी रहेका सबै क्षेत्रमा समेत रोपाइँ सकिने अनुमान गरिएको विभागले जनाएको छ ।

 

 

ताजा समाचार

View All →