कृत्रिम अभाव सृजना गर्नेलाई तत्काल कारबाही गर्ने सरकारको चेतावनी

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

चितवन-
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्नेविरुद्ध तत्काल कारबाही गरिने बताएकी छन् । कृत्रिम अभावजन्य गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न उनले किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध पनि गरेकी छन् ।

चितवन जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै शनिबार उनले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा सरकारले संलग्नलाई नछाड्ने चेतावनी दिइन । मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिनेबारे उपभोक्ता सचेत भए त्यस्ता घटना नदोहोरिने मन्त्री चौधरीले बताइन ।

मन्त्री चौधरीले कृषि उत्पादन बढाउन किसानलाई समयमै मल, बीउ, विषादीसहित आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको दावी पनि गरिन ।

ताजा समाचार

View All →