‘सरकारले आफ्ना कामबारे संसदबाट जानकारी देओस्’

गोर्खा ड्रिम

Editor
26 days-ago July 6, 2026

काठमाडौं
सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका जनताका सवालका साथै पछिल्लो विपद्का सम्वन्धमा सरकारले गरेका कामहरुबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभामा सोमबार सभामुख अर्यालले भने,‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ, माननीय सदस्यहरूद्धारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सन्दर्भमा जवाफ दिन साथै देशका बिभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’
सोमबार प्रतिनिधिसभामा प्रतिपक्षी दलका साथै केही सत्ता पक्षका सांसदहरूले समेत कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै सरकारको भूमिकाको आलोचना गरेका थिए ।

ताजा समाचार

View All →