काठमाडौँ
बुधबार निजी क्षेत्रका उद्योगी व्यवसायीसंग छलफल गरेका प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग छलफल गर्ने भएका हुन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेलाई बोलाइएको छ । छलफल सरकार र निर्माण व्यवसायीबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।