इरानले गरेको आक्रमणमा अमेरिकाका ९ सैन्य विमानमा क्षति पुगेको खुलासा

गोर्खा ड्रिम

Editor
4 days-ago September 11, 2026

एजेन्सी-
इरानले जोर्डनस्थित अमेरिकी सेनाको एयर बेसमा गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका ९ वटा सैन्य विमानमा क्षति पुगेको खुलासा भएको छ ।
मिडिया रिपोर्टहरूका अनुसार, सेप्टेम्बर ८ मा अमेरिकाले पाँच वटा इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेपछि इरानले त्यसको बदलास्वरूप बुधबार जवाफी कारबाही गरेको हो । इरानले आफूमाथिको हमला सह्य नहुने चेतावनी यसअघि दिएको थियो ।
पछिल्लो आक्रमण र क्षति अमेरिकामाथि ठूलो हानी भएको अमेरिकी सञ्चारमाध्यमहरुले पनि उल्लेख गरेका छन् । यद्यपि, अमेरिकी सेनाले क्षतिपछि तत्काल विमानहरु मर्मत् गरिएको जनाउको छ ।
आक्रमणमा एउटा ए–१० थन्डरबोल्ट विमानको पखेटा उछिट्टिएको छ भने ८ वटा एफ–१५ लडाकु विमानमा सामान्य क्षति पुगेको छ ।
अमेरिकी वायुसेनाका एक उच्च अधिकारीका अनुसार सामान्य क्षति भएका विमानहरूलाई मर्मत सम्भारपछि पुनः सेवामा आवद्ध गरिसकिएको छ।
अमेरिकी सेनाल हर्मुज जलडमरु क्षेत्रमा इरानी क्षेप्यास्त्र लन्चर र तेल ट्याङ्करहरूलाई निशाना बनाएर ठूलो क्षति पुर्याइदिएपछि पइरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी ठुलो सङ्ख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
अमेरिकी सञ्चार माध्यमका रिपोर्ट अनुसार जोर्डनको एयर डिफेन्स सिस्टमले इरानले हानेका २० वटा मिसाइलमध्ये १८ वटालाई हावामै खसालिदिएको थियो, तर बाँकी मिसाइलहरू सैन्य बेसमा खस्न पुगेका थिए ।
पछिल्लो सैन्य तनावले भविश्यप्रतिको आंशका बढाएको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर गएको छ । कच्चा तेल प्रतिब्यारेल ९९।४६ अमेरिकी डलर पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ताजा समाचार

View All →