नेपाल सरकारका २ सचिवले लिए राजीनामा, जागिर छाड्ने लहर

गोर्खा ड्रिम

Editor
9 days-ago August 12, 2026

काठमाडौं-
नेपाल सरकारका २ सचिवले मंगलबार पदबाट राजीनामा दिएका छन् । मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका हुन उनीहरुको राजीनामा मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह गत चैत्र १३ मा प्रधानमन्त्री भएपछि निजामती कर्मचारीमा राजीनामाको लहर नै चलेको छ।
बालेन नेतृत्वको दुई तिहाइको सरकारको नीति र दृष्टिकोणबारे फरक मत राख्दै सचिवद्धयले राजीनमा दिएको बताइएको छ । पछिल्लो दिनमा सचिवदेखि खरिदार तहसम्मका सबै तहका निजामती कर्माचारीमा राजीनामाको लहर देखिएको छो ।
सरकार नयाँ निजामति विधेयकमा आफु अनुकूलको व्यवस्था लागु गर्ने योजनामा छ । सरकारले ५५ वर्ष उमेर पूरा भएका र ३० वर्षे सेवा अवधि पूरा भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने योजनासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अगाडि बढाएपछि कर्मचारीले धामाधम राजीनामा बुझाएको बताइएको छ ।

राष्ट्रिय किताबखानाको रेकर्डमा एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव र ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका उल्लेख छ।

ताजा समाचार

View All →