फेरि हर्मुजमै अड्कियो अमेरिका इरान तनाव

गोर्खा ड्रिम

Editor
12 days-ago August 9, 2026

एजेन्सी-
अमेरिका र इरानबीच जारी तनावले कुन मोड लिन्छ भन्ने कुरा फेरि हर्मुज जलडमरुमा आएर अड्किएको छ । अमेरिकाले आफुहरु इरानविरुद्धको जारी आक्रमण रोक्न तयार रहेको तर इरानले हर्मुज जलडमरु भएर हुने आवागमन निर्वाध गर्नुपर्ने बताएपछि यी दुई देशबीचको आगामी सम्वन्ध हर्मुजमा अड्किएको देखिएको हो
अमेरिकी माग अनुरुप हर्मुज जलडमरु खोल्न अनिच्छुक इरानले अमेरिकाले विभिन्न ५ वटा शर्त पूरा गरेमा त्यसबारे सोच्न सकिने जनाएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकाले आफ्ना ५ वटा माग पूरा नगरेसम्म हर्मुज जलडमरु खोल्न आफुहरु तयार नहुने स्पष्ट पारेका हुन ।
इरानविरुद्ध जारी सैन्यसहितका विभिन्न प्रतिबन्ध खुकुलो पारिनुपर्ने, युद्धबाट भएको क्षति भर्नुपर्ने, इरानी बन्दरगाहमा गरिएको अमेरिकी नाकाबन्दी तत्काल हटाइनुपर्ने, इरानलाई धम्की दिन छाड्नुपर्ने र कब्जा गरिएको इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने शर्त अमेरिकाले मानेमा आफुहरु हर्मुज खोल्न तयार रहेको इरानको भनाई छ ।
पछिल्लो इरानी शर्तहरु हेर्दा या त इरान थप बलियो भएको छ अथवा इरानले अमेरिकालाई थप ध्वशंका लागि उक्साउन चाहन्छ भन्ने देखिएको विश्लेषकहरु बताउँछन् । समाचार एजेन्सी रोयटर्सले ओमानसंगको जारी वार्ताम पनि इरान बलियो गरी उभिएको उल्लेख गरेको छ । एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयर्टस्ले छापेको समाचारमा इरान र ओमानबीच होर्मुजबारे वार्तामा प्रगति भएको र अमेरिकाले चाँडै सम्झौता हुने आशा राखेको उल्लेख गरेको छ ।
इरानका विदेशमन्त्री मोहम्मद अब्बास अराघ्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा रहेको र यसले आगामी दिनबारे धेरै कुरा निष्कर्षमा पुर्याउने बताएका छन् ।
अमेरिकी अधिकारीहरुले भने इरानले भन्दैमा उसको शर्त मान्न अमेरिका तयार नहुने बताएका छन् । उनका अनुसार हर्मुजबाट व्यावसायिक जहाजहरूको निर्बाध आवतजावत ग्यारेन्टी गर्ने सम्झौता घोषणा भएपछि मात्र अमेरिकाले इरानी बन्दरगाहमा गरिएको नाकाबन्दी हटाउनेछ ।

ताजा समाचार

View All →