कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह मृत भेटिए

गोर्खा ड्रिम

Editor
12 days-ago August 9, 2026

तौलिहवा-
गत शुक्रबार बेपत्ता भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह मृत अवस्थामा भेटिएका छन् ।
शनिबार फेला परेको उनको मोटरसाइकल नजिकै आइतबार जङ्गल क्षेत्रमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कपिलवस्तु प्रहरीका उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो ।
६५ वर्षीय सिंह कपिलवस्तु नगरपालिका ३ स्थित आफ्नै घरबाट शुक्रबार दिउँसो करिब २ बजे निस्किएकोमा घर फर्किएका थिएनन् ।
आफन्त, स्थानीय तथा प्रहरीको टोलीले खोजी गर्दा पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जङ्गल क्षेत्रमा शनिबार मोटरसाइकल र आइतबार उनको शव भेटिएको हो ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

ताजा समाचार

View All →