सुनकोशीमा खसेको कार र यात्रु अझै बेपत्ता

गोर्खा ड्रिम

Editor
14 days-ago August 7, 2026

काठमाडौं
सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करबाट सोमबार सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार ३ जना यात्रु अझै बेपत्ता छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली र नेपाली सेना ड्रोन तथा उच्च प्रविधिको प्रयोग गरेर नदीमा कार र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् । तर नदीको तीव्र बहाव र धमिलो पानीका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ । आज पनि बिहानैबाट खोजी कार्य अघि बढाइएको छ ।
कारमा सिन्धुपाल्चोक जुगल–७ का पूर्ववडाध्यक्ष तथा निर्माण व्यवसायी ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली गोलन्जोर–१ का २८ वर्षीय गणेश थापा र तीनपाटन–९ डाँडाखर्कका १७ वर्षीय सुजन बलमपाकी मगर सवार थिए ।

ताजा समाचार

View All →