नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात सेवा प्रभावित

गोर्खा ड्रिम

Editor
18 days-ago August 3, 2026

चितवन-
नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम शुरु गरिएको जानकारी दिए । ढुङ्गा हटाउने प्रयास भैरहे पनि पहिरो पन्छाउन केही समय लाग्ने उनले बताए । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गरेका छन् ।

ताजा समाचार

View All →