रहेनन् गोपालमान श्रेष्ठ

गोर्खा ड्रिम

Editor
4 days-ago July 28, 2026

काठमाडौं-

नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको मंगलबार दिउँसो निधन भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् । ललितपुरको हेलियस अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका श्रेष्ठको उपचार चलिरहेको थियो । उनी केही समयअघि भारतको नयाँ दिल्लीमा उपचार गराएर फर्केका थिए ।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय राखिने भएको छ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
८३ वर्षीय श्रेष्ठ उपप्रधानमन्त्रीसमेत बनेका थिए । उनी शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माणमन्त्री   बनेका थिए। २०१७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए।

अर्थशास्त्रमा स्नातक गरेका श्रेष्ठ राजनीतिमासंगै सामाजिक कार्यक्रममा पनि संलग्न  थिए। उनी नेपाल रेडक्रसलगायतका सामाजिक संस्थामा आवद्ध थिए। केही दिनअघि मात्रै उनलाई काँग्रेसले वरिष्ठ नेता बनाएको थियो। उनी काँग्रेसका उपसभापति पनि भएका थिए।

श्रेष्ठका तीन छोरा र ६ छोरी छन्।

 

ताजा समाचार

View All →