चितवन-
मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न क्षेत्रमा पहिरो झर्ने क्रम नरोकिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायात आवागमनमा रोक लगाएको छ ।
हिजो तुइन खोला र समलतालमा पहिरो झरेहकोमा अहिले फेरि जलविरे क्षेत्रमा पहिरो झरिरहेको छ । वर्षा निरन्तर भैरहँदा उद्धारकर्ताहरुकै सुरक्षाका दृष्टिकोणले पनि पहिरो पन्छाउने कार्य पनि अघि बढाउन सकिएको छैन । गएराति पहिरो पन्छाएर एम्बुलेन्ससहित केही यातायात साधनलाई वारपार गराइए पनि विभिन्न खण्डमा पहिरो झर्ने क्रम पाइएपछि सडक अवरुद्ध गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।