सुकुम्वासी आन्दोलनमा उत्रेपछि झस्कियो सरकार, मन्त्रीको हुल खरिपाटीमा

गोर्खा ड्रिम

Editor
20 days-ago July 12, 2026

काठमाडौं-
सरकारविरुद्ध सुकुम्बासीहरूले पनि आन्दोलन शुरु गरेपछि सरकार झस्किएको छ । सुकुम्वासीहरलाई राखिएका होल्डिङ सेन्टरमा बाढी पसेपछि विचल्लीमा परेका सुकुम्वासी र तिनका प्रतिनिधिले माइतीघरमा विरोध प्रदर्शन शुरु गरेपछि झस्किएको सरकारले सुकुम्वाििको आन्दोलन मत्थर पार्न विभिन्न उपाय अपनाउन थालेको छ ।
किर्तिपुरको ् होल्डिङ सेन्टरमा बाढी परेर विचल्लीमा परेका सुकुमवासीहरुलाई प्रहरीले धरपकड गरेपछि माइतीघरमा प्रदर्शन चर्किएको छ ।
डुबानमा परेका ३१ परिवारका ८९ जनालाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएपछि गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेका छन् ।
मन्त्री गुरूङसँगै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव खरिपाटी पुगेका हुन ।
त्यस क्रममा भूमि व्यवस्थामन्त्री रावलले सुकुम्वासीहरुलाई लालपूर्जा दिने भन्दै आन्दोलन नगर्न आग्रह गरिन । उनले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसकोस् भनेर सरकारले काम गरिरहेको दावी गरिन । उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने बताउँदै सुकुमबासीका नाममा राजनीति गर्न गर्न नहुने बताइन ।

सुकुम्बासीहरूसँग छलफलसमेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे मन्त्रीहरुले अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

ताजा समाचार

View All →