मलाई मार्ने प्रयास गरे इरान ध्वस्त बनाइदिन्छु-राष्ट्रपति ट्रम्प

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

एजेन्सी-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले उनलाई मार्ने प्रयास गर्यो भने अमेरिकाले इरानलाई पूर्ण रूपमा नष्ट गरिदिने धम्की दिएका छन् । इरानले आफ्नो हत्या गर्ने तयारी गरेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले आवश्यक परेमा थप हजारौँ क्षेप्यास्त्र प्रहार गरेर इरानलाई नष्ट गरिदिने धम्की उनले ट्वीटमार्फत् दिएका छन् । “यदि इरानले हामीलाई आक्रमण गर्यो भने हामी इरानमाथि ऐतिहासिक आक्रमण गर्नेछौं, जुन पहिले कहिल्यै भएको थिएन, इरानलाई आक्रमण गर्न हाम्रा हजारौं क्षेप्यास्त्र तयार छन“ ट्रम्पले ट्वीटमा भनेका छन्।
उनले इरानसंगको युद्धविराम अन्त्य भैसेकाले आफुले आक्रमणको आदेश पहिल्यै दिइएको र अमेरिकी सेना पूर्ण रूपमा तयार रहेको दाबी गरे।

अमेरिकाले इजरायलबाट आफ्ना १२ वटा एफ–२२ स्टील्थ लडाकू जेटहरू फिर्ता लिन थालेको इजरायली मिडिया कान न्यूजले जनाएको छ । विमान फेब्रुअरीदेखि इजरायलको ओभाडा एयरबेसमा राखिएको थियो। रिपोर्टले उनीहरूलाई इरानविरुद्ध सैन्य कारबाहीका लागि पठाइएको र हालैका आक्रमणहरूमा पनि भाग लिएको दाबी गरेको छ ।

ताजा समाचार

View All →