काठमाडौैं-
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले विभिन्न सुकुम्वासी बस्ती खाली गराएपछिको अवस्थाबारे आफू गम्भीर रहेको प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सिंहदरबारस्थित संसद् भवनबाहिर पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले सुकुम्वासी बस्ती खाली गराएपछिको अवस्थासहित समग्र सुकुम्वासी समस्याप्रति आफू जानकार र गम्भीर रहेको बताए ।
‘यो विषयमा म एकदमै गम्भीर छु। धेरै नै गम्भीर छु,’ उनले भने, ‘मैले बुझेको छु ।’
काठमाडौँका विभिन्न क्षेत्रबाट हटाएर सरकारले होल्डिङ सेन्टरमा राखेकोमा पछिल्लो समयमा होल्डिङ सेन्टरबाट पनि हटाउन खोजेको छ । जसले गर्दा आफुहरु विचल्लीमा परेको सुकुम्वासीले गुनासो गरेका छन् । प्रधानमन्त्रीले आफुहरुको कुरा सुन्नै नचाहेको र सरकार पनि निर्दयी भएको सुकुम्वासीहरुको गुनासो छ ।