काठमाडौं-
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ उद्यत रहेको आरोप लगाएका छन् ।
पार्टीको उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा संयोजक प्रचण्डले धेरै दुःख गरेर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र महिला, दलित, आदिवासी, जनजातिले अधिकार पाएको भन्दै सरकार जनताको अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको बताए ।
जनताको पक्षमा क्रान्तिकारीहरु फेरि एकपटक अभिनु पर्ने अवस्था आएको संयोजक प्रचण्डको भनाई छ ।
उनले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियन अधिकारहरू खोस्ने, मलुकको सीमाको विषयमा जथाभावी बोल्ने काम गरेर सरकारले आफ्नो परिचय दिइसकेको बताए । संयोजक आफूहरूले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुलेकाले जनताले यसपटक अरुलाई मत दिएर सचेत गराएको अनुभूति भएको बताए । आफुहरुबाट गम्भीर गल्ती गरेको स्वीकार गर्दै उनले भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताए ।