सरकारले संविधान संशोधनलाई हल्का पारामा लियो-गगन थापा

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

काठमाडौं-
नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान संशोधन गम्भीर विषय भए पनि सरकारले हल्का पारामा लिएको टिप्पणी गरेका छन् । सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएकाले संविधानका व्यवस्थालाई हल्का पारामा लिएको पाइएको उनले बताए ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सरकारको १ सय दिन पुगेको सन्दर्भम आयोजित कार्यक्रममा उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सुक्ष्म पक्षलाई हलुका रुपमा लिइरहेको टिप्पणी गरे। उनले संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए । उनले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
सभापति थापाले निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएको भन्दै आपत्ति जनाए । उनले आर्थिक अपराधविरुद्ध सरकारले कानूनी ढंगले अघि बढाएको कारबाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन रहने तर निजी क्षेत्रलाई अपराधीजस्तो व्यवहार गर्न नमिल्ने बताए ।

ताजा समाचार

View All →