आइतबार र सोमबार अत्यधिक वर्षा हुने,सतर्कता अपनाउन आग्रह

गोर्खा ड्रिम

Editor
21 days-ago July 11, 2026

काठमाडौं-
जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार दुई दिन अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले शनिबार साँझ विशेष सूचना जारी गरी आइतबार र  सोमबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू –भागका थोरै र मधेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने विभागले जनाएको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
मनसुन पूर्णरुपमा सक्रिय भएकाले अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । अत्यधिक वर्षाले कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा ग्रेगान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम रहेको पनि विभागले जानकारी दिएको छ ।
ती चारै प्रदेशमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने विभागले अनुमान गरेको छ । विशेषगरी ती क्षेत्रमा आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

ताजा समाचार

View All →