बाजुरामा जीप दुर्घटना, २ को मृत्यु ७ घाइते

गोर्खा ड्रिम

Editor
12 days-ago July 20, 2026

कोल्टी
बाजुरामा सोमबार भएको जीप दुर्घटनामा २ जनाको मृत्यु हुनाका साथै ७ जना घाइते भएको प्रहरीले जनाएको छ । दिउँसो भएको दुर्घटनामा घाइते भएका ९ जनामध्ये २ जनाको उपचारका क्रममा जिल्लास्थित अस्पतालमा मृत्यु भएकोप्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको हो ।

हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएको हो ।

हिमाली गाउँपालिका–५ क्युडीको धुलाचौरबाट दुधिलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८१७ नम्बरको जीप सडकबाट १० मिटर तल खस्न पुगेको थियो । दुर्घटनाका घाइतेमध्ये २ जनाको अवस्था केही गम्भीर रहेको र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । हिमाली गाउँपालिका–२, नातिखोलाका चालक २५ वर्षीय जनविर बुढा र २९ वर्षीया मिजरा बुढालाई भने बढी चोटपटक लागेको छ ।
उनीहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार चलिरहेको छ ।

ताजा समाचार

View All →