डोल्पा-जुम्ला सडकमा जीप दुर्घटना,१ जनाको मृत्यु १३ घाइते

गोर्खा ड्रिम

Editor
27 days-ago July 5, 2026

सुर्खेत-
डोल्पा जुम्ला सडकमा आज जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्ला जाँदै गरेको क.प्र.००१ ज ००५२ नम्बर जीप जगदुल्ला गाउँपालिका–४ स्थिर्ते मौरेलेखमा दुर्घटनामा पर्दा डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–८ का ३८ वर्षीय विष्णु बुढाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।
प्रहरीका अनुसार सडकबाट जीप २५ मिटर तल खस्दा १३ जना घाइते भएका छन् । गम्भीर घाइते ४ जनालाई उपचारका लागि लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

ताजा समाचार

View All →