Gorkha Dream
  • २०८१ मंसिर १७, सोमबार
  • सशस्त्र प्रहरीको गोताखोरले यसरी निकाल्यो बालिकालाई २०० मिटर गहिराइबाट


    •    

    काठमाडौं – कास्की जिल्लाको पोखरा महानगरपालिका-१५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा भासिएको प्वालमा खसेकी बालिकालाई सशस्त्र प्रहरीले निकालेको छ ।

    सशस्त्र प्रहरीको गोताखोरले शनिबार दिउँसो करिब २०० मिटरको गहिराइबाट बालिकालाई निकालेको हो ।

    पोखरा महानगरपालिका- ८ नागढुंगा की १२ वर्षीया स्मृति पराजुली खेल्ने क्रमममा प्वालमा खसेकी थिइन् । जानकारी पाएलगलै पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीको टोलीले उनलाई निकालेको हो ।

    उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए पनि डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।