काठमाडौं-
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री थापाले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाएका हुन ।
१०४ प्रदेशसभा सदस्य कायम रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक विपक्षी दलहरुले वहिस्कार गरेका थिए । मतदानमा उपस्थित ५८ जना प्रदेशसभा सदस्य मध्ये ५७ जनाले मुख्यमन्त्री थापाले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा मतदान गरे ।