काठमाडौं-
एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । उनलाई अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले स्वागत गरे ।
एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो । हाल नेपालमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू एडीबीको लगानीमा सञ्चालनमा छन् ।
उनले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धि खासगरी, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीको सहयोग जारी रहने बताएका छन् ।
भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने जानकारी दिएका छन् ।